स्नातक तह प्रथम वर्षको परीक्षा घोषित मितिमाः त्रि.वि

काठमाडौं, ३१ भदौ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्षको परीक्षा घोषित मितिमा सञ्चालन गर्ने प्रष्ट्याएको छ । असोज ३ र ४ गते नयाँ संविधान जारी सँगै उत्सव मनाउन सरकारले सार्वजनिक विदा घोषणा गरे लगत्तै त्रि.वि.को परिक्षा सर्ने हल्ला चलेको थियो ।
नयाँ संविधान जारी हुनु खुसियालीको क्षण भएता पनि असहज परिस्थिति बाहेक परीक्षा नसर्ने त्रि.वि. परीक्षा नियन्त्रक केशव बाँस्तोलाले जानकारी दिए । त्रि.वि.का ६० आंगिक क्याम्पस र १ हजार ५३ सम्वन्धनप्राप्त कलेजबाट परीक्षामा २ लाख २१ हजार २ सय २२ जना परीक्षार्थी सामेल हुने नियन्त्रक बाँस्तोलाले बताए ।

One thought on “स्नातक तह प्रथम वर्षको परीक्षा घोषित मितिमाः त्रि.वि

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice