संविधानसभामा तस्विर खिच्न सभासद्हरुकै तछाड मछाड

काठमाडौं, ३० भदौ । संविधानसभा बैठकमा संविधानको बिद्येयक पारित गर्न मत विभाजन भइरहेका बेला प्रमुख दलका शिर्ष नेतादेखि सभासद्हरु तस्विर खिच्न तछाड मछाड गरे । कतिपय सभासद्हरु शिर्ष नेतासँग खुसीयाली साट्न ब्यस्त देखिन्थे भने कतिपय फोटो खिच्न हतार देखिन्थे । सेल्फी तस्विर खिचेर धेरै सभासद्हरुले संविधानसभा भवनबाट सामाजिक सञ्जालहरु रंगाए पनि ।
प्रशन्न मुद्रामा देखिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तस्विर खिचाउँन सभासद्हरु खिचातानी गरेको दृश्य निकै रोचक थियो । नेताहरुले संविधानसभामा दिएको पोज कुनै अभिनेताको भन्दा कमजोर थिएन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice