संविधान निर्माण प्रक्रिया सकियो, संविधानसभाबाट ३०२ धारा नै पारित

काठमाडौं, ३० भदौ । संविधानसभाले नयाँ संविधानका सवै धारा पारित गरेको छ । चार दिनदेखि संविधानसभामा भएको मतदानबाट ३०२ धारा पारित भएका छन् ।
संविधानका सवै धारा पारित भएपछि अब संयुक्तरुपमा नेपालको संबिधान २०७२ एकै पटक पारित हुने भएको छ । पारित भएपछि ३ असोजमा संविधानसभाबाट देशले नयाँ सविधान पाउने भएको छ ।
संविधानसभाको मतदान प्रक्रियामा ९१ प्रतिसत सभासद्हरु सहभागि भएका छन् भने केही मधेशबादी दलहरु भने मतदान प्रक्रियाभन्दा बाहिर छन् ।
नयाँ संविधानले धेरै कुरा अन्तरिम संविधानका कुरालाई नै अंगिकार गरेपनि संघीयता, लोकतन्त्र गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक निर्वाचन प्रणालीलाई संस्थागत गरेको छ ।

संविधान जारी भएको एक महिनाभित्र राष्टपतिको निर्वाचन गर्ने प्रस्ताव पनि आज पारित गरिएको छ । कार्तिक ३ गतेभित्र नयाँ राष्टपति चयन गरिसक्नु पर्नेछ ।

One thought on “संविधान निर्माण प्रक्रिया सकियो, संविधानसभाबाट ३०२ धारा नै पारित

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice