संविधानसभाभित्रै बिद्या भण्डारीको गीतमा महिला सभासद् नाचे

काठमाडौं, २९ भदौ । मंगलबार दिउसो १.३० बजे संविधानका १०० धारा पारित गरेपछि केही समयका लागि स्थगित भयो । पुरुष सभासद्हरु हलबाट बाहिर निस्के लगतै महिला सभासद्हरुको अर्काे योजना बन्यो ‘तीजको दर’ संविधानसभाभित्रै खाने ।
महिला सभासद्हरुको योजनाकार थिइन एमाले उपाध्यक्ष तथा सभासद् बिद्यादेवी भण्डारी । बिद्यादेवीको योजनामा सवै पार्टीका महिला सभासद् जम्मा भए । संविधानसभाको स्थगित समयमा उनीहरुले दर मात्र खाएनन् छमछम् नाचे पनि ।
एमाले नेतृ तथा सभासद् बिद्यादेवी भण्डारी र सुशीला नेपालले गीत गाए भने अन्य सभासद्हरुले ताजी बजार नाचेँ । कतिपय पुरुष सभासद् नाच हेर्न पुगे भने कतिपयले त्यो सुनौलो अवसर नै गुमाए ।
उनीहरुलाई दरखाने ब्यवस्थापन संविधानसभा सचिवालयले गरेको थियो । सचिवालयको खर्चमा महिला सभासद्हरुले नयाँ संविधानको गित गाउँदै दर खाए । ‘हो दरखाने ब्यवस्थापन सचिवालयले गरेको हो’ कांग्रेस सभासद् अनिता देवकोटाले भनिन् ।
दरमा सचिवालय खिर, मिठाइ, पुरी, अचारको ब्यवस्था गरेको थियो । उपाध्यक्ष भण्डारी र छमछमी नाँच्ने समूहमा सभासदहरू अञ्जनी श्रेष्ठ, कान्ति भट्टराईलगायत दर्जन महिला सभासद रहेका थिए ।

One thought on “संविधानसभाभित्रै बिद्या भण्डारीको गीतमा महिला सभासद् नाचे

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice