ऊर्जामन्त्री राधा ज्ञवालीसँग अख्तियारले बयान लियो

काठमाडौं, २९ भदौ । १ सय ३२ केभीको सोलु कोरिडोर प्रसारण लाइन निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जामन्त्री राधा ज्ञवालीसँग बयान लिएको छ । नेपाल बिद्युत प्राधिकरण सञ्चालक समितिले कम रकम कबोल  गर्ने कम्पनीलाई ठेक्का नदिएर बढि रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिएपछि उनी छानविनमा तानिएकी हुन् । ऊर्जामन्त्री ज्ञवालीले अख्तियारको टंगालस्थित कार्यालयमा पुगि बयान दिएको राजधानी दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice