प्रमुख तीन दलको संशोधन प्रस्ताव संविधानसभाबाट पारित

काठमाडौं, २७ भदौ । प्रमुख तीन दलका तर्फबाट संविधानमा राखेको संशोधन प्रस्ताव संविधानसभाले पारित गरेको छ । प्रमुख तीन दलका तर्फबाट नेपाली कांग्रेसका सचेतक चीनकाजी श्रेष्ठ, एमाले सचेतक अग्नी खरेल र एमाओवादी सचेतक गिरिराजमणि पौडेलले संयुक्त सशोधन प्रस्ताव राखेको थिए ।
तीन दलका तर्फबाट राखेको संशोधन प्रस्तावलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाडले निर्णायर्थ राखेका थिए । संविधानसभाले प्रस्ताव पास गरेपछि संशोधन अव बिद्ययेकको अंग बनेको छ । संशोधन प्रस्ताव पास भएपछि संविधानसभाको बैठक भोलीसम्मका लागि स्थगित गरिएको छ ।

2 Comments
  1. नयाँ संविधानको कारण नेपाल नडुबोस् !

    २०६३ सालको आन्दोलनमा मागै थिएन, कसैले चिताउँदै नचिताएको विखण्डनकारी रोग– धर्मनिरपेक्ष, गणतन्त्र, संघीयताको कुरा कहाँबाट आयो यो देशमा ? नेपालमा ५४ भन्दा बढी स–साना हिन्दुराज्यहरुलाई पृथ्वीनारायण शाहले मिलाएर विशाल नेपालको एकीकरण गरेर बनेको नेपाल हिन्दुअधिराज्य हो । नेपाल र नेपाली जनतालाई धोका दिएर देश टुक्रयाउन खोज्नेहरुलाई नेपाली जनताले रगतका आशु निकालेर श्राप दिएका छन् ! नेपालमा गणतन्त्र, धर्मनिरपेक्ष र संघीयता नेपाललाई समाप्त गर्ने बुँदा हुन् । नेपाल जस्तो सानो राष्ट्रमा संघीयताले यो देशको कुनै हित हुँदैन । संघीयता बारेमा नेपालका ५ विकास क्षेत्रलाई शक्तिशाली बनाएर नेपाललाई समृद्ध बनाउन सकिन्छ यो देशका विज्ञहरुले बनाएको विकासक्षेत्र हो । तराईका जनता र जनजातिका पीडादायी समस्याहरु निराकरण गर्न राज्यले उच्चस्तरीय आयोग गठन गरेर त्यसबाट प्राप्त सुझावहरुलाई कार्यावयन गर्ने सकिन्छ ! २०६२ साल मंसिरमा दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने र त्यसको समर्थन गर्नेहरु जो जो हुन् ती सबै देशद्रोही हुन् । नेपालमा राजसंस्था विस्थापित गर्न खोजिएको बेलादेखि नेपालमा चौतर्फी संकटले सीमा नाघेको छ । हिन्दुअधिराज्य र एकताको प्रतीक ‘राजसंस्था’को तेजोवध गरेर देशलाई लथालिङ्ग बनाएर विदेशीहरुको रणभूमि बनाउन लागेकोले नेपालको अवस्था अन्धकार छ ! अतः हिन्दुअधिराज्य र संवैधानिक राजसंस्था रहिरहोस् ।
    -Dirgha Raj Prasai

  2. संविधान नदिने गरी त्याे बुद्धि पछिल्तिर नफर्रकाेस् यहीछ हाम्राे कामना ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice