bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/09/14195 ) ) )

अझै प्रक्रिया रोक्ने प्रधानमन्त्री कोइरालाको प्रस्ताव ओली र प्रचण्डद्धारा अस्वीकार

काठमाडौ, २७ भदौ । संविधान निर्माणको मतदान प्रक्रियालाई अझै रोक्न प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रस्तावलाई नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् ।
आइतबार विहान प्रधानमन्त्री कोइरालाले आन्दोलनरतमा रहेका थारु र मधेसी दलसँग वार्ता गर्न थप केही दिन प्रक्रिया रोक्ने टेलिफोनमा प्रस्ताव गरेका थिए । कोइरालाको प्रस्तावलाई ओली र दाहालले ठाडै अस्वीकार गरिदिएका छन् । प्रधानमन्त्री कोइरालाले विहान शिर्ष नेताको बैठक डाकेको थिए । तर ओली र दाहाल उपस्थित नभएपछि टेलिफोनमा प्रस्ताव गरेका थिए । दुवै नेताले अस्वीकार गरेपछि कोइरालाले कांग्रेस पदाधिकारी बैठक डाकेको थिए । कांग्रेस पदाधिकारी बैठकमा अब धेरै प्रक्रिया रोक्न नसकिने धारणा पदाधिकारीहरुले राखेका थिए ।
कांग्रेस पदाधिकारी बैठकमा बरिष्ठ नेता शेरबहादुर देउवाले कुनैपनि हालतमा प्रक्रिया रोक्न नहुने धारणा राखेका थिए ।
आन्दोलनमा रहेका दलहरुसँग सार्थक संवाद हुने छाँट नदेखिएछि शिर्ष दलले आजै मतदान प्रक्रिया सुरु गर्ने कसरत थालेका छन् । एमालेले पनि अहिले संसदीय दलको बैठक डाकेको छ ।

One thought on “अझै प्रक्रिया रोक्ने प्रधानमन्त्री कोइरालाको प्रस्ताव ओली र प्रचण्डद्धारा अस्वीकार

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice