खेलकुदमन्त्री पौडेललाई कारवाही गर्न अख्तियारको निर्देशन

काठमाडौं, २५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त गर्दा विभागीय मन्त्रीले आर्थिक अनिमितता गरेको ठहर गर्दै कारवाहीका लागि सरकारलाई निर्देशन दिएको छ । शुक्रबार अख्तियारले सरकारलाई पत्र पठाउँदै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारवाही गर्ने निर्देशन दिएको हो ।
खेलाडीबाट रकम लिएर बिदेश पठाउने अभियोग लागेका ब्यक्तिबाट आर्थिक लाभ लिई सदस्य सचिवमा नियुक्त गरेको अख्तियारले ठहर गरेको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १२ ख अनुसार उहाँमाथि कारबाहि चलाउन अनुरोध गरेका छौँ’,अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले बताए ।  मन्त्रि पौडेललाई राष्ट्रिय खेलकुदका कार्यक्रम र राखेपमा भएका अनियमिततामा दोषि ठहर अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिएको हो । कुनै कसुरमा मन्त्रिलाई दोषि ठह¥याई अख्तियारले पत्र काटिसकेपछि नैतिकताको आधारमा सम्बन्धित मन्त्रीले पदबाट राजिनामा दिने अन्तर्राष्ट्रिय मान्यता रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice