अन्तिम अवस्थामा संविधान निर्माणको काम रोक्ने कोइराला र प्रचण्ड कसरत

काठमाडौ, २४ भाद्र । संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादी तत्काल प्रक्रिया रोक्ने पक्षमा देखिएका छन् । एमाओवादीले विहीबार औपचारिक निर्णय नै गरी तत्काल संविधान निर्माण प्रक्रिया रोक्न आग्रह गरेको छ भने, मधेश र थारु सभासद्को चर्काे दवावपछि प्रधानमन्त्री सुशील कोइराला पनि प्रक्रिया रोक्ने पक्षमा देखिएका छन् ।
झण्डै २६ दिनदेखि तराई क्षेत्रमा भएको आन्दोलनलाई सम्बोधन गर्न तत्काल संविधान निर्माण प्रक्रिया रोक्न कांग्रेस र एमाओवादीभित्र चर्काे दवाव परेपछि मुख्य नेताहरु प्रक्रिया रोक्ने पक्षमा देखिएका हुन् । तर अर्काे सत्तारुढ दल एमाले र संविधानसभाका अध्यक्ष सुवास नेम्वाड भने प्रक्रिया रोक्न पक्षमा छैनन् । ७ बर्षदेखि संविधान जारी गर्न नसकेको जनताको गुनासोलाई सम्बोधन गर्नुपर्ने तर्क एमालेले राख्दै आएको छ ।
संविधानसभामा मस्यौदा माथि दफावार छलफल पनि सकिएको छ भने मतदानको प्रक्रिया चल्ने बेला भएको छ । तर संविधान निर्माणको प्रक्रियालाई रोकि मधेशबादी दलको पूर्व सर्तहरु मान्न कांग्रेस एमाओवादी चलक देखिएका छन् ।
आन्दोलनरत दलहरुले नयाँ संविधान बनाउन वार्ताको अनुकुल वातावरण बनाई जारी रहेको संविधान निर्माण प्रक्रियालाई रोक्नुपर्ने लगातार पूर्वसर्त तेर्साएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री कोइराला प्रक्रिया रोक्ने पक्षमा उभिएका हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice