तीन दलको औपचारिक पत्र पाएपछि राप्रपा नेपालले आकस्मिक केन्द्रीय समितिको बैठक डाक्यो

मनोज खतिवडा
काठमाडौं, २४, भदौ । प्रमुख तीन दलले संविधान निर्माणको प्रक्रियाबाट नबाहिरिन लिखित आग्रह गरेपछि संविधानसभाको चौथो दल राप्रपा नेपालले आकस्मिक केन्द्रीय समितिको बैठक डाकेको छ । नयाँ संविधानमा हिन्दु राष्ट्र नपरेको र आफ्नो दललाई कांग्रेस, एमाले र एमाओवादीले निषेधको राजनीतिक गरेको भन्दै राप्रपा नेपालले संविधान निर्माणको प्रक्रियाबाट बाहिरिने निर्णय गरेको थियो । विहीबार मुख्य तीन दलले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग प्रधानमन्त्री निवासमा छलफल गरेपछि लिखित आग्रह गरेका थिए । मुख्य दलको लिखित आग्रह र चौथो दलको मान्यता पाउने भएपछि राप्रपा नेपालले संविधान निर्माणको प्रक्रियामा फर्किने संकेत गरेको छ ।
कार्यसम्पादन समितिले संविधान निर्माण प्रक्रियाबाट बाहिरिने गरेको निर्णयलाई सच्याउन राप्रपाले २६ भदौमा आफ्नो आकस्मिक बैठक बोलाएको छ । ‘संविधान निर्माणको प्रक्रियामा सहभागि हुने या नहुने बिषयमा छलफल गर्न केन्द्रिय समितिको बैठक बस्न लागेको हो’ राप्रपा केन्द्रीय सदस्य मनोज प्रधानले भने ‘मुख्य तीन दल सकारात्मक देखिएपछि हामी पनि सकारात्मक निर्णय गर्ने पक्षमा छौ ।’
राप्रपा नेपालले संविधान निर्माण प्रकृयाबाट बाहिरिएको औपचारिक निर्णय गरेसंगै मुख्य दल ‘नैतिक संकट’ मा परेका थिए । प्रमुख तिन दलले राप्रपा नेपाललाई ‘चौथौ शक्ति’ को मान्यता दिँदै पहिलो पटक औपचारीक पत्र पठाएपछि अध्यक्ष कमल थापा पनि सकारात्मक बनेका छन् ।
पहिलो संविधानसभामा हिन्दु राष्ट्र र राजतन्त्रको माग लिएर चुनावमा होमिएको राप्रपा नेपाल चार सिटमा सिमिति थियो । तर दोस्रो संविधानसभामा उसको २५ सिट पुगेर चौथो शक्तिकारुपमा स्थापित भएको छ । चौथो शक्तिका रुपमा संविधानसभाभित्र राप्रपा नेपाल भएपनि प्रमुख दलहरुले भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई चौथो शक्तिको मान्यता दिएका थिए । राप्रपा नेपालको राजतन्त्रको एजेण्डाका कारण अन्य दलहरुले ठुलो शक्तिका रुपमा मान्यता दिन अस्वीकार गर्दै आएका थिए ।12011663_10206585487010353_769462124_o-1

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice