मधेसी मोर्चा भन्छ—‘सरकार नै वार्ता विरोधी’

भैरहवा , २४ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सरकारलाई वक्तव्यबाजी को साटो वार्ताको वातावरण निर्माण गर्न सुझाव दिएको छ ।
विहिवार विहान भैरहवामा बसेको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सरकार छलफल र वार्तामार्फत समस्याको समाधान खोज्न तयार नभएका कारणले मधेसमा हिंसात्मक घटना घटेको आरोप लगाएको छ ।
सरकारसंगको वार्ताका लागी पुर्वसर्तहरु यथावत रहेको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । सरकारसंग वार्ताका निम्ति मधेसी मोर्चाले परिचालित सेना फिर्ता बोलाउनुपर्ने, घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने, विगतका सहमतिहरु कार्यान्वन हुनुपर्ने लगायतका पुर्व शर्तहरु राखेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice