लोकेन्द्र र पशुपतिको विवादमा कमल थापाको आकस्मिक बैठक

काठमाडौं, २१ भदौ । दुई राप्रपाबीचको एकीकरण अन्तिम चरणमा पुगेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीमा औपचारिक विभाजन भएपछि राप्रपा नेपालको आकस्मिक बैठक बसेको छ । राप्रपा र राप्रपा नेपालबीच एकीकरणको पहल अन्तिम अवस्थामा पुगेका बेला लोकेन्द्रबहादुर चन्द समुहले अध्यक्ष पशुपति समशेर राणा समुहलाई अपदस्थ गरेको घोषणा गरेको छ । दुई पार्टीबीचको एकीकरणमा समस्या भएपछि राप्रपा नेपालको आकस्मिक बैठक सुरु भएको हो ।
राप्रपा नेपालसँग पार्टी एकीकरण गर्न लागेको आरोप लगाउँदै चन्द समुहले राप्रपा अध्यक्ष राणालाई आइतबार अपदस्थ गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ । राप्रपा भित्रको फुटबारे छलफल गर्न र एकीकरणको संभावना खोज्न बैठक बसेको स्रोतले बताएको छ ।
त्यसैगरी राप्रपाको बैठकमा हिन्दुराष्ट्र अर्काे एजेण्डामा पनि छलफल हुने भएको छ । धर्म निरपेक्षतालाई कायम राख्दै शिर्ष प्रमुख तिन दलले संशोधन प्रस्ताव दर्ता गराएपछि हिन्दु राष्ट्रको माग गर्दै आन्दोलनमा रहेको राप्रपा नेपालले बैठकबाट नयाँ रणनीति तय गर्ने भएको छ । हिन्दु राष्ट्रको माग राखी राप्रपा नेपालले सडक र सदन दुवै ठाउँबाट आन्दोनलन गर्ने भएको छ ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक बसी आफ्ना आन्दोलनका कार्यक्रमहरु थप प्रभावकारी बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । विगत केहि समय देखि नयाँबानेश्वर केन्द्रित सडक आन्दोलन गर्दै आएको राप्रपाले प्रमुख तिन दलबिच धर्मनिरपेक्षता लगायतका विषयमा ‘निर्णायक सहमति’ भएपछि आकस्मिक बैठक बसेर यस्तो प्रतिक्रिया जनाएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice