राप्रपा अध्यक्ष पशुपति समशेर अपदस्थ, नयाँ अध्यक्षमा लोकन्द्रबहादुर चन्द चयन

काठमाडौं, २० भदौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फेरी अर्काे लफडा सुरु भएको छ । राप्रपाका बहुमत केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष पशुपति समशेर राणालाई अपदस्थ गरेका छन् । पार्टीलाई कम्पनी चलाए जस्तै राणाले चलाएको र एक पटक पनि बैठक नवोलाएको नेता डा.प्रकाशचन्द्र लोहनीले बताए । ‘उहाँले पाटी चलाउन सक्नु भएन’ उनले भने ‘त्यही भएर दुई तिहाई सदस्यले अपदस्त गरेका छ ।’
राणालाई अपदस्त गरेपछि पार्टी अध्यक्षमा पुराना नेता लोकेन्द्रबहादुर चन्दलाई चयन गरेका छन् ।
राप्रपाका दुई तिहाई केन्द्रीय सदस्यहरुले नयाँ अध्यक्षमा चन्दलाई चयन गरेको जानकारी निर्वाचन आयोगलाई दिएका छन् । अहिले केही बेरमा चन्द पक्षले पत्रकार सम्मेलन गरी अध्यक्षको औपचारीक घोषणा गर्ने भएका छन् ।
चन्द पक्षले राप्रपाको १०३ केन्द्रीय सदस्यहरुमध्ये ६३ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ भने ८ जनाको समर्थन रहेको दाबी गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice