मधेस र थरुहट आन्दोलनमा आतंकको छाया

काठमाडौं, १९ भदौ । संविधान मस्यौदामा प्रस्तावित सीमांकनमा असहमति जनाउँदै जारी थरुहट र मधेस आन्दोलनमा आतंकको छाया बढिरहेको छ । कैलाली टीकापुरमा आठ सुरक्षाकर्मी र एक नावालकको थरुहट आन्दोलनकारीले निर्मम हत्या काण्ड गरेको घटनाबाट सुरु भएको हिंसाको अर्काे संस्करण शुक्रबार बर्दिया र कोहलपुरमा दोहोरिएको छ ।
बर्दिया मैना पोखररमा थरुहट आन्दोलनकारीे एक प्रहरी हवल्दार र बाँकेको कोहलपुरमा मधेस आन्दोलनकारीले एक सर्वसाधरणको शुक्रबार हत्या गरेका छन् । नेपालगन्ज गुलरिया सडकखण्ड अन्र्तगत बर्दियाको मैनापोखर चोकमा शुक्रबार थरुहट आन्दोलनकारीको गोली प्रहारबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मकैबारीबाट लुकेर हानेको गोली लाग्दा इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको नागरिक दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice