नेपालले दियो कुवेतलाई २५१ रनको लक्ष्य

काठमान्डौ, १५ भदौ । मलेसियामा जारी एसीसी– १९ प्रिमियर लिग क्रिकेटमामा नेपालले कुवेतलाई २५१ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले कुवेतलाई विशाल लक्ष्य दिएको छ ।
निर्धारित ५० ओभरमा ८ बिकेट गुमाउँदै नेपालले २५० रनको योगफल तयार गरेको हो । प्रारम्भीक ब्याट्सम्यान खासै चल्न नसकेपनि मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रर्दशन गरे । नेपालका लागि  सौरभ खनाल र दीपेन्द्रसिंह ऐरीले १३० रनको साझेदारी गरेका थिए । ऐरीले ९ चौका र २ छक्काको सहायताले सर्वाधिक ८५ रन बनाएका छन् भने खनालले पाँच चौका र एक छक्काको मद्दतले ७३ रनको योगदान दिएका छन् ।  सुनिल धमलाले ११, कप्तान राजु रिजालले १५, आशिष धामीले ४ र शंकर रानाले ८ रन बनाए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice