एक करोड नागरिकको कुरा राजनाथको होइनः भारतीय दुतावास

काठमाडौं, १३ भदौ । नेपालमा बस्ने एक करोड भारतीय नागरिकको सुरक्षामा ध्यान दिन भारतीय सीमा सुरक्षा बललाई गृहमन्त्री राजनाथ सिंहले दिएको निर्देशनलाई नेपाल स्थित भारतीय दुतावासले बचाउ गरेको छ ।
भारतीय गृहमन्त्री सिंहले मधेशको समस्या नेपालको आन्तरिक समस्या भएको उल्लेख मात्र गरेको दुतावासले बताएको छ । इन्डिया टुडेमा प्रकासित समाचारको खण्डन गर्दै दुतावासले नेपालमा रहेका एक करोड भारतीय नागरिकको सुरक्षा गर्ने जस्ता बिषयमा गृहमन्त्री नवोलको बताएको छ ।
‘गृहमन्त्रीले मधेशको समस्या नेपालको आन्तरिक समस्या हो, त्यसको सुरक्षाको जिम्मा पनि नेपाल सरकारले नै गर्नु पर्ने धारणा गृहमन्त्रीज्यूले राख्नु भएको हो’ भारतीय दुतावासको बिज्ञप्तीमा भनिएको छ ‘तर केही सञ्चारमाध्यमले त्यसलाई बंग्यार समाचार प्रकासित गरे ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice