वार्तामा आउन प्रधानमन्त्रीले पठाए दोस्रो पत्र, मधेशी दल सकारात्मक

काठमाडौं, १३ भदौ । सीमांकनमा असन्तुष्ट हुँदै आन्दोलनमा रहेका दल तथा समुहलाई वार्तामा आउन प्रधानमन्त्री सुशील कोइरालाले दोस्रो पटक पत्राचार गरेका छन् । पहिलो पटक गरेको पत्राचारमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहटले सर्त राखेपछि प्रधानमन्त्री कोइरालाले दोस्रो पटक पत्राचार गरेका हुन् ।
मधेशी मोर्चा र थरुहटका सर्तलाई अस्वीकार गर्दै सरकारका तर्फबाट प्रधानमन्त्री कोइरालाले बार्ताका लागि दोस्रो पटक आह्वान गरेका छन् । संविधान निर्माण प्रक्रिया रोक्न नसकिने आइतबार प्रमुख दलका शिर्ष नेताको बैठकले निर्णय गरेपछि प्रधानमन्त्री कोइरालाले दंगाग्रस्त क्षेत्रमा खटाइएका सेना फिर्ता गर्न सकिने आशयको पत्र आन्दोलनरत दललाई पठाएका छन् ।
आन्दोलनमा रहेका दलले आन्दोलन रोके सेना फिर्ता गर्न सकिने जनाउँदै प्रधानमन्त्री कोइरालाले थप विषय बार्ताबाट हल हुने बिश्वास पनि गरेका छन् । कोइरालाले दोस्रो पटक आह्वान गरेपछि मधेशी नेताहरु पनि वार्ता प्रति सकारात्मक रहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice