टीकापुर हत्यकाण्डका हत्यारालाई कारवाही गरेरै छाड्छु : प्रधानमन्त्री

काठमाडौं, १३ भदौ । ‘यो बिभत्र्सपूर्ण घटनाले मलाई धेरै दुखी बनाएको छ, जहाँ जस्तो अवस्थामा भएपनि यी अवोध बालकसहित आठ प्रहरीका हत्यारालाई कारवाही गरेर छाड्छु’ कैलाली घटनामा मारिएका दुई बर्षीय बालकका बाबुसंग प्रधानमन्त्री सुशील कोइरालाले आइतबार प्रतिज्ञा गरे ‘जति मलाई  विनाशकारी भूकम्पले दुख दियो, त्यति नै दुख टीकापुर घटनाले दिएको छ ।’
कैलाली घटनामा मारिएका दुई बर्षीय बालकलाई सहिद घोषणा, दोषीलाई कारवाहीको माग गर्दै बाबु टेकबहादुर साउद आइतवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । २ बर्षीय बालकका परिवारसँग प्रधानमन्त्री कोइरालाले आफु सक्दो सहयोग गर्ने बचन दिँदै दोषीलाई कारवाही गर्ने प्रतिबद्धता पनि जनाए ।
टीकापुर घटनामा नेपाली प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र दुई बर्षीय बालकको मृत्यु भएको थियो । थरुहट आन्दोलनका क्रममा विभत्स हत्याकाण्ड भएपछि घुसपैठको आशंका गरिएको छ । राजनीतिक र अपराधीसमुहको योजनामा हत्याकाण्ड गरिएको आशंका प्रधानमन्त्री कोइरालाले पनि गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice