शिर्ष नेताको तीनदिने समयसीमामा मधेशी मोर्चाका ९ सर्त

काठमाडौं, १२ भदौ । तीन दिनभित्र वार्तामा आउन शिर्ष नेताले गरेको आग्रहमा मधेशी मोर्चाले ९ सर्त तेस्र्राएको छ । बिहीबार प्रमुख दलका शिर्ष नेताले आन्दोलनमा रहेका दलहरुलाई तीन दिनभित्र वार्तामा आउन आग्रह गरेका थिए ।
शिर्ष नेताको लिखित आग्रहपछि शुक्रबार जनकपुरमा बसेको मोर्चा सम्बद्ध दलहरुको बैठकले वार्ता भन्दा पहिले सरकारले ९ सर्त मान्नु पर्ने धारणा सार्वजनिक गरेका छन् । उनीहरुले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि पछिल्लो समय दंगाग्रस्त क्षेत्रमा परिचालित सेनासम्म फिर्ता गर्नु पर्ने सर्त राखेका छन् ।
मधेशी मोर्चाले संघीय संरचना, सीमांकन, नागरिकता, प्रादेशिक अधिकार, समानुपातिक समाबेशी अधिकार, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रका बिषयमा संविधान पुर्नलेखनका सर्त पनि उनीहरुले राखेका छन् । शुक्रबार साँझ बसेको मोर्चाको अनौपचारिक बैठकले यस्तो निर्णय गरेपनि औपचारिक निर्णय भने शनिवार हुने भएको छ । शनिवारको बैठकबाट उनीहरुले सरकारलाई औपचारिक पत्र पठाउने भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice