१२ कक्षा विज्ञान संकायको परिक्षाफल प्रकासित

काठमाडौ, ११ भदौ । उच्च माध्यामिक शिक्षा परिषद्ले विज्ञान संकाय तर्फको नतिजा प्रकासित गरेको छ । नियमित तर्फको परिक्षामा सामेल हुने मध्येको ७१ दशमलप ६५ प्रतिशत उतिर्ण भएको परिषदले जनाएको छ ।   नियमित तर्फ ३७ हजार ९ सय ९८ जना परिक्षार्थी सामेल भएका थिए । जसमा  २७ हजार २ सय २७ जना उतिर्ण भएका हुन् ।
त्यसैगरी , आंशिक तर्फ ८ हजार ४ सय ६ जना परिक्षार्थीले परिक्षा दिएका थिए । ३ हजार ७ सय २४ जना उतिर्ण भएका छन् । परिषदले दिएको जानकारी अनुसार नियमित तर्फ ५७ जना र आशिंक तर्फबाट १३ जनाको परिक्षाफल रद्ध गरिएको जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice