‘जवानीले पो प्रेम खोज्दो रहेछ’

काठमाडौं, ११ भदौ । जतिबेला उनका गित मायाप्रेमले भरिएका थिए । सडक हिड्ने बटुवा, चना चटपटे बेच्ने दाई, चिल्ला कारमा हुइँकिनेका मुखमा पनि त्यतिकै झुण्डिएका हुन्थे । उनको सुरिलो स्वरले सवैलाई मनमुग्द बनाउथ्यो । कतिपय प्रेमिकाले प्रेमी र प्रेमीले प्रेमिकालाई यिनकै गितबाट रिसाएको बेला माया दर्शाउथ्थे ।
तर गायिका सुमन गुरुङलाई भने त्यो बेला प्रेमरस गितको धेरै मतलव थिएन । ‘जवानीले पो प्रेम दर्शाउँदो रहेछ’ उनले भनिन् ‘कतिपय मैले गायका गितको असली भाव अहिले बुझदैछु ।’
उनको थाकथलो गोर्खाको धारापानी भएपनि जन्म भने भारतमा भयो । घरकी जेठी छोरीकारुपमा जन्मेकी सुमन सानैदेखि गित गाउनको सौकिन हुन् । उनले नेपालका दुई दर्जन भन्दा बढि चर्चित चलचित्रमा आफ्नो स्वर दिइसकेकी छिन् ।
मालतीको भट्टी, मुखौटा, विरताको चिनो, युगदेखि युगसम्मका चलचित्रमा उनले स्वर दिएकी छिन् । आधुनिक र पप गायिका सुमन अहिले आफ्नो उच्चशिक्षा अध्ययनको क्रममा छिन् । सुमनको जिवनमा खुसीयाली मात्र छैन, दुखका पिडा उनले सानै देखि उठाएकी छिन् । कतिपय दिनमा भोकै सुतेको र भोकै स्टुडियोमा छिरेर गित गायको पनि उनलाई याद छ ।
बैशालु उमेर भरिँदै गएपछि उनलाई प्रेम प्रस्ताव राख्नेको कमी छैन । ‘तर हालसम्ममा कसैको प्रेममा परेकी छैन’ उनले भनिन् ‘कतिपय प्रेम प्रस्ताव अस्वीकार गर्दा अहिले पछुतो पनि लागेको छ ।

suman 2

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice