पहिलो दिनमै बेहुँली बनेँ

सविना कार्की(अभिनेत्री)

नाच्न र अभिनय गर्न भनेपछि सानैदेखि हुरुक्क हुँन्थे । मनमा ठुली भएपछि हिरोइन बन्छु भन्ने अठोट थियो । स्कुल, पुजाआजा, विहे, पार्टीमा पनि म खुव नाच्थेँ । सवैले राम्री छेस्, हिरोइ नबन् भनेर उकास्थे । म पनि गजक्क पथेँ ।
एसएलसी सकेपछि विस्तारै अभिनय प्रवेशको बाटो खोजेँ । फिल्म त खेल्ने तर कहाँ कसरी खेल्न थाहा थिएन । नाच्न त पाट्ट पुट्ट नाचिहाल्थेँ । अभिनय सिक्न पुतली सडकको एक कलाकेन्द्रमा भर्ना भएँ ।
एकदिन हाम्रो क्लासमा निर्देशक शोभित बस्नेत आउनुभयो । उहाँ नयाँ फिल्मका लागि हिरोइनको खोजिमा हुनुहुँदो रहेछ । उहाँसँग चिनजान भयो । पछि अडिसन पनि लिनुभयो । मेरो पर्फमेन्स हेरपछि उहाँले मलाई दुलही रानीमा चान्स दिनु भयो । जीवनमा पहिलो पटक अभिनय गर्ने मौका पाएँ ।
दुलही रानीको सुटिड लोकेसन महेन्द्रनगरमा थियो । युनिट पुगेको ३ दिनपछि मेरो पहिलो सिन सुरु भयो । पहिलो दिनको पहिलो सिन नै विहेको थियो । बेहुलीको डेस लगाएर सुटिड गर्दा मलाई भित्रैदेखि लाज लागेको थियो । पछि काम गर्दै जाँदा सहज भयो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice