कैलालीमा स्थानीय प्रशासनद्धारा निषेधाज्ञा

काठमाडौं, ५ भदौ । अखण्ड सुदुर पश्चिम र थरुहट माग गर्दै सडकमा उत्रेका दुई समुहबीच झडप भएपछि स्थानीय प्रशासनले कैलालीको टीकापुर र लम्कीमा निषेधाज्ञा जारी गरेको छ ।
संभावित झडपको आशंकामा स्थानीय प्रशासनले विहानदेखि साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । शुक्रबार अखण्ड र थरुहट कार्यकर्ताबीच कैलालीमा झडप भएको थियो । एक थरी अखण्ड मध्यपश्चिमको पक्षमा छ भने थारु समुदाय थरुहटको पक्षमा छ । २४ साउनदेखि कैलाली क्षेत्र तनावग्रस्त छ ।
शुक्रबार सीमांकनसहितको सात प्रदेशमा दलहरुबीच सहमति भएपछि मध्यपश्चिमका सुर्खेत र कर्णालीमा चलेको आन्दोलन मत्थर भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice