५० लाख दिने मोर्चाको निर्णयमा सरकारलाई रुलिङ, नेताको बैंक खाता रोक्न माग

काठमाडौं, ३ भदौं । संविधानसधाका अध्यक्ष सुवास नेम्वाङले आन्दोलनमा मरे ५० लाख दिने मधेशी मोर्चाको निर्णयका बारेमा यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । सभासद्हरुले अन्तराष्ट्रिय अपराधी समुहले पनि गर्न नसक्ने निर्णय मधेशी मोर्चाले गरेको भन्दै ब्यवस्थापिका संसदको बैठकमा आपत्ती जनाएका थिए । बैठक पछि सभाअध्यक्ष नेम्वाडले मधेशी मोर्चाले यस्तो निर्णय गर्ला भन्ने आफुले कल्पना समेत नगरेको बताउँदै लोकतान्त्रिक मुल्य र मान्यता विपरित कुनै निर्णय भए या गरेको भए तत्काल ब्यवस्थापिका संसदको बैठकलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।
संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्नो आन्दोलनमा मृत्यु भए ५० लाख रकम दिने घोषणा गरेपछि विहीबार ब्यवस्थापिका संसदको बैठकमा ठुलै तरङग आयो । ‘यस्तो कार्य  अन्तराष्ट्रिय गिरोहले पनि गर्दैन’ ब्यवस्थापिका संसदको बैठकमा एमाओवादी सभासद् जनकराज जोशीले भने ‘सभामुख महोदय मधेशी मोर्चामा सम्बन्ध नेताहरुको बैंक खाता तत्काल रोकियोस् ।’
उनले आन्दोलनमा उतारेर जनता मार्ने औपचारिक निर्णय गर्ने मधेशी मोर्चाका नेताहरुलाई कारवाही गर्न माग पनि गरे ।
उनले मधेशी मोर्चाको निर्णय मुद्रा निर्मलीकरणसँग सम्बन्धित भएको जनाउँदै आन्दोलनमा मारिनेलाई ५० लाख दिने  रकम कहाँबााट आयो भन्दै प्रश्न समेत गरेका थिए । बुधबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्नो आन्दोलनका क्रममा मृत्यु भए प्रादेसिक सरकार निर्माण भएपछि ५० लाख क्षतिपूर्ति दिने निर्णय गरेका थिए ।
संविधान सभामा प्रतिनिधित्व गर्ने दलका नेताले आन्दोलनमा आउ, मरेवापत पैसा दिन्छौं भन्नु वोकोहराम , अलकायदा र तालिवानले समेत सोच्नै नसक्ने कुरा गरेको भन्दै अन्य सभासद्हरुले आक्रोसित पोखेका थिए ।
नेपाली कांग्रेसका सभासद रोमी गौचनले आन्दोलनमा मरे वापत पैसा दिन्छौ भन्ने मधेशवादी दलका नेताहरुको सम्पतिको स्रोत छानविन गर्न सरकारसँग माग गरेका छन् ।
त्यसैगरी, नेकपा एमालेका सभासद श्रषिकेश पोख्रेलले सदियौ देखि अन्यायमा परेका तराईवासीको जीवनको मूल्य तोक्ने मधेशका ठेकेदार हुँ भन्नेहरु विरुद्ध संसदले खेद प्रस्ताव पारित गनुर्पे बताए ।

2 Comments
  1. अध्यक्ष सुभास नेम्वांगजी पनि गज्जबको Ruling गर्नु हुन्छ वा, पुङ्ग न पुच्छरको देखावटी … आफ्नो खाताबाट पैसा दिन्छन ति हरामिले ? मधेसवादी नेताको त्यो भनाइ तराइका निमुखा गरिव जनतालाई ललिपप देखाउने काइदा पो हो त … दिन त के दिन्थे बरु लिन बेर लाउदैनन नारा जुलुसको खर्च देखाएर चन्दा अशुली भन्दै … ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice