कोइरालाको आक्रोसले बल्झियो सीमांकन विवाद

कोइरालाले झोक्किँदै भने के को सात प्रदेश ? कहाँको सात प्रदेश ?
काठमाडौं, ३ भदौ । सीमांकनको विवादलाई साम्य पार्न प्रदेश संस्या बढाउने एकीकृत नेकपा माओवादीले गरेको प्रस्तावमा प्रधानमन्त्री सुशील कोइराला आक्रोसित भएका छन् । कांग्रेस एमालेले यसअघि तयार गरेको ७ प्रदेशको खाकालाई साझा प्रस्ताव बनाउन एमाओवादीले प्रस्ताव गर्न साथ प्रधानमन्त्री कोइराला रिसायर बैठकबाटै हिडे । प्रधानमन्त्री कोइराला हिडेपछि सम्वाद समिति अन्र्तगतको बिशेष समिति अनिर्णयको बन्दी बन्यो ।

‘के को सात प्रदेश ?, कहाँको सात प्रदेश ?’, किन सात प्रदेश ? बैठकमा झोक्किदै कोइरालाले भने ‘काँहीको पनि सात प्रदेश हुँदैन अहिले जहाँ जे छ त्यही ठिक छ ।’ कोइरालाले अरुको कुरा नै नसुनी एक्कासी झोक्एिर हिडेपछि बैठकमा सहभागि एमाले नेताहरु पनि बाहिरिएका थिए ।

२३ साउनमा सीमांकनसहितको ६ प्रदेशमा दलहरुले सहमति गरेपछि मध्यपश्चिममा यसको निकै ठुलो असन्तुष्टी देखिएको छ । एमाले र एमाओवादी प्रदेश संख्या थपेर समस्या सामधान गर्ने पक्षमा थिए । तर कोइरालाले ठाडै अस्वीकार गरेपछि एमाओवादी प्रस्तावमा छलफल नै अगाडी बढ्न सकेन ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा एमाले अध्यक्ष केपी ओली, सुदुरपश्चिम अखण्ड नै रहने भएपछि कांग्रेस नेता शेरबहादुर देउवा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सकारात्मक थिए । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका पनि प्रस्तावमा सकारात्मक नै थिए ।

One thought on “कोइरालाको आक्रोसले बल्झियो सीमांकन विवाद
  1. घैटोमा घाम लागोस … संघियता लाद्नु नै छ अथवा प्रदेश विभाजन गर्नुनै छ भने पांच बिकाश क्षत्रलाइ नै कायम गराउ, यसैले राष्ट्रको हीत र जनताको चाहना पुरा गराउन सक्नेछ, यसैबाट मात्र तराइ पहाड र हिमालमा बशोबास गर्ने सम्पूर्ण जनतालाई एक शुत्रमा बाधेर भाइचारा र धार्मिक शहिष्णुता जगाउन सहयोग हुनेछ l यसै निर्णयमा सबै नेताको मत लिनोस l अझ विवेक पुर्याउनु हुन्छ भने तिन प्रदेशमा जानुहोस l बिदेशीको इच्छा र निर्देशन पट्टी नलागी आ-आफ्नो स्वार्थ त्याग्दै, राष्ट्र र जनताको चाहना पुरा गर्न सबैको सहयोग भयो भनेमात्र नेपालका सम्पूर्ण जाति, वर्ग क्षत्रको पनि हीत हुनेछ, कल्याण हुनेछ …
    यस्तो बहु आयाम र बिबिधता भएको यो बिकल्प पनि नमान्ने व्यक्ति, समूह वा संगठन नर पिचास सोच भएका, देश र जनताको अहित चाहने नेपाल राष्ट्रको प्रमुख शत्रु हुन् यहि नै निष्कर्ष पनि हो …
    आफ्नै देशको एउटा क्षत्र वा जिल्ला अर्को भू-भागमा जोड्न हुँदैन भन्ने नेताहरु नेता नै होइनन, यस्तो संकीर्ण बिचार राख्नेहरुनै महा-स्वार्थि, कपटी र निच हुन् भन्ने विश्लेषण गरे हुन्छ, यस्ता नेताहरुबाट राष्ट्र र जनताको हीत कदापि हुन सक्दैन …

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice