सद्भावनाद्धारा संविधानसभा परित्याग, सामुहिक राजीनामाको घोषणा

काठमाडौं, १ भदौ । राजेन्द्र महतोको नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टीले संविधानसभा परित्याग गरेको छ । पाँच सभासद् रहेको सद्भावना पार्टीले आफ्ना सवै सभासद्लाई राजीनामा दिन निर्देशन पनि दिएको छ । मंगलबार साँझ पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै सद्भावनाले संविधानसभा परित्याग गरी आन्दोलनमा जने निर्णय गरेको थियो ।
देश टुक्राउने अभिब्यक्ति दिने अध्यक्ष महतोलाई ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिले कारवाहीको प्रक्रिया थाले लगतै सद्भावना पार्टीले संविधानसभा परित्याग गरेको छ । ‘यो संविधानसभाबाट संविधान आउने संकेत नपाएपछि हामीले परित्याग गर्ने निर्णय गरेका छौ’, संसदीय दलका नेता लक्ष्मण लाल कर्णले भने ‘संविधान बने पनि मधेशी विरोध संविधान बन्छ हामी त्यसको साक्षी बस्न सक्दैनौ ।’
सद्भावना पार्टीले आफ्नो केन्द्रीय कार्यालय पनि राजधानीबाट मधेशमा लिने निर्णय गरेको छ । आन्दोलनलाई सार्थक बनाउन राजधानी नवस्ने निर्णय सद्भावनाले गरेको हो । ‘हामीले सवै नेता कार्यकर्तालाई राजधानी छाड्न निर्देशन दिइसकेका छौ’, नेता कर्णले भने राजधानीको कार्यालय सम्पर्क कार्यालय मात्र हुनेछ ।’

2 Comments
  1. netaji ramro garnu bho, swasnilai samet samsad banauna safal tapai satta napayera risako ho, tesaile tapailai neta mannu bhandata jadyaha lai mannu bes, biharbat ayera bansaj ko nagarikta paine bhaya bharat lai pani bhanidinusna bharat ma basne nepali lai pani bansaj ko nagarikta dilauna , haina nepali le paudai nan bhane tapai rajendra, anil jha, upendralai ra tina ka bihari santan lai bansaj ko nagarikta dina milla ra?swasni lai 2 din matra bhayani samsad banauna bhai haleuni , dikkar timro istar

  2. Rajendra Mahato sahitko toli lai sasamman bidai garos sambidhan shabhale ! Imandari purwak sansad chhodne bafadar Bharatiya nagarik lai mera taraf se by-by aur avinandan karta hun !
    Kathmandu se avi jarahe ho, bad me Madeshko bhi chhodoge na …?han Nepal bhimi men huwa Baidik Sanatan Dharma Hindu sthapit karne men mad-dat karoge na ! Kyu Ki aaplog bhi Hindu to hain ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice