आगमी चारदिन भारी बर्षा हुने महाशाखाको चेतावनी

काठमाडौं, ३२ साउन । जल तथा मौसम पूर्वानुमान शाखाले आगमी चार दिन नेपालमा भिषण बर्षा हुने भविश्यबाणी गरेको छ । न्यून चापिय क्षेत्र उत्तरतर्फ सरेको जनाउँदै महाशाखाले बर्षाका कारण नदीहरुमा पानीको बहाव अत्यधिक बढ्ने चेतावनी समेत दिएको छ ।
बर्षाले कोशी, कर्णाली र कमलानदीमा पानीको बहाव धेरै बढ्न सक्ने भन्दै महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ । नदी क्षेउका बस्तीहलाई सजगता अपनाउन महाशाखाले आज आग्रह समेत गरेको छ । कतिपय हिमाल क्षेत्रमा भारी बर्षा र हिमपातसम्म हुन सक्ने महाशाखाको अनुमान रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice