बन्द गराउन हिडेका १०० माओवादी नेता तथा कार्यकता पक्राउ, प्रभाव फितलो

काठमाडौं, ३१ साउन । मोहन बैद्य नेतृत्वको नेकपा—माओवादीको बन्दले देशभरको जनजिवन प्रभावित भएपनि राजधानीमा भने सवारी साधन चल्न थालेका छन् । थोरै सार्वजनिक र धेरै निजी सवारी साधनहरु चलिरहेका छन् । बैद्य नेतृत्वको बन्दलाई मधेशबादी दलहरुले पनि समर्थन गरेका छन् ।
बन्दकर्ताले सवारी साधनमा तोडफोड गर्न थालेपछि प्रहरीले बैद्य माओवादी र मधेशबादी दलका कार्यकर्तालाई पक्राउ गरेको छ । काठमाण्डौ लगायतका देशका विभिन्न भागबाट नेता तथा कार्यकर्ता पक्राउ परेको माओवादीले जनाएको छ ।
कलंकीबाट पोलिटब्यूरो सदस्य अमृता थापा सहित केन्द्रिय सदस्यहरु दामा शर्मा , पार्वती थापा, बुद्धि नेपाली, भरत बुर्जासहितका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् भने  वीर अस्पताल क्षेत्रबाट केन्द्रिय सदस्य सुरेश श्रेष्ठसहित ३० जना पक्राउ परिसकेका छन् ।
ललितपुरको कुपण्डोलबाट केन्द्रिय सदस्य राजकाजीसहित कुम खत्री, निरज , तुलसी, रामबाबु भुजेल प्रेम तिवारी पक्राउ परेका छन् । त्यसैगरी एयरपोर्टबाट केन्द्रिय सदस्य बद्री बजगाईं पक्राउ परेका छन् ।
बन्द गराउन हिडेका फोरमका नेता राजेन्द्र श्रेष्ठ सहित ५१ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice