लन्डन ब्रिजमा अञ्जु नाचेपछि…

लन्डन – सुन्दर गला र आकर्षक सौन्दर्य एकैसाथ सबैलाई मिल्दैन । कोही सुन्दरी हुन्छन्, गाउन सक्दैनन् । कोही मिठो गाउछन् , सुन्दर लाग्दैनन् । तर आफ्नो सुमधुर आवाजले हरेक संगीतप्रेमीको दिलमा राज गर्न सफल गायिका अञ्जु पन्तको हकमा भने यो विपरीत छ । उनमा आवाज मात्र होइन, सौन्दर्यको पनि कमी नरहेको प्रमाणित भएको छ एउटा म्युजिक भिडियोमा । सांगीतिक क्षेत्रमा उनको आवाजको जादू चल्नेबित्तिकै उनलाई फिल्मको अफर पनि त्यत्तिकै आयो । आफ्ना गीतको भिडियोमा पनि कमै देखिने अञ्जुले सबै प्रस्तावहरुलाई अस्वीकार गरिरहेकी थिइन् । तर, अहिले आएर उनलाई आफूले नै गाएको एउटा गीत यति धेरै मन परेछ, त्यो गीतको भिडियोमा आफैंले मोडलिङ गरिन् । केही समयअघि कार्यक्रम सिलसिलामा लन्डन आएकी उनले यही बेला ‘जुनी जुनी…’ बोलको गीतमा मोडलिङ गरेकी हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice