bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/08/12573 ) ) )

जुम्लामा परिक्षाकेन्द्र तोडफोड, सुर्खेतमा सरकारी कार्यालहरु आगजनी

काठमाडौ, २५ साउन । जुम्लामा छुट्टै कर्णाली प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका दलले सोमबार परीक्षाकेन्द्रमा प्रवेश गरी बिद्यार्थीलाई त्रसित बनाए । परिक्षाकेन्द्रमा तोडफोड गरी उत्तरपुस्तिका जलाएको केही समयमै अखण्ड मध्यपश्चिमको माग गर्दै सडकमा उत्रेका सुर्खेतबासीले सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा उत्रेका जुम्ला र सुर्खेतबासी अराज बन्दै जान थालेका छन् । उनीहरुको आन्दोलन ध्वम्सतिर जान थालेपछि स्थानीय प्रशासनले राती ९ बजेसम्मका लागि कर्फु जारी गरेको छ ।
चार राजनीतिक दलले प्रदेशको सीमांकन गर्दा मध्यपश्चिमलाई तीन टुक्रा पारेका छन् । मध्यपश्चिमका केही जिल्लालाई ६ नम्बर प्रदेशमा राखिएको छ भने केही जिल्ला ५ नम्बर प्रदेशमा राखिएको छ । मध्यपश्चिम विभाजन भएपछि कर्णालीबासीले छुट्टै कर्णाली प्रदेशको माग गरेका छन् भने सुर्खेतबासीले अखण्ड मध्यपश्चिमको माग गरेका छन् ।
3
जुम्ला र सुर्खेतका बासिन्दाले सडकमा प्रर्दशन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपपछि आक्रोसित समुहले जिल्ला प्रहरी कार्यालय जुम्लामा ढुंगामुडा गरेका छन् भने, सुर्खेतमा प्रर्दशनकारी घाइते भएका छन् । प्रहरी हस्तक्षेपबाट घाइते भएपछि प्रर्दशनकारीले सरकारी कार्यालय तोडफोड गरेका हुन् ।
उता सल्यानलाई प्रदेश नम्बर ६ मा राखेपछि सल्यान बन्द गरिएको छ । अखण्ड मध्यपश्चिम हुनुपर्ने माग सल्यानबासीले गरेपनि केही राजनीतिक दलका कार्यकर्ताले भने सल्यानलाई ५ नम्बर प्रदेशमा राख्न माग गरेका छन् । जुम्ला, सुर्खेत र सल्यान बन्द गरिएको छ भने नवलपरासी पनि बन्द गरिएको छ ।2
संघियताको सीमांकनमा जिल्ला नै टुक्रेपछि रुकुमबासी पनि आन्दोलित भएका छन् । उनीहरुले बन्द, हडताल, तोडफोड जस्ता अराजक गतिविधि नगरेपनि भद्र शैलीको आन्दोलन भने गरिरहेका छन् । उनीहरुले अखण्ड रुकुम राख्न माग गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice