चार प्रभावशाली नेताको विद्रोह चेतावनीले प्रचण्ड चरम संकटमा

काठमाडौं, २३ साउन । सशस्त्रयुद्धमा सशक्त भूमिका खेलेका प्रभावशाली नेताहरुले पार्टीबाट विद्रोह गर्ने चेतावनी दिएपछि प्रचण्ड चरम संकटमा परेका छन् ।  प्रचण्डका अति निकट जर्नादन शर्मा, बर्षमान पुन, नन्दकिशोर पुन पासाङ र लेखराज भट्टले एकैपटक प्रचण्डबिरुद्ध विद्रोह गर्ने चेतावनी दिएपछि प्रचण्ड संकटमा परेका हुन् ।

कांग्रेस र एमालेको योजना ६ प्रदेशमा अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टाराईले सहमति गरेको भन्दै उनीहरुले आक्रोस पोखेका छन् । आइतवार राजधानीमा छुट्टै भेला गरेका स्थायी समिति सदस्य बर्षमान पुन, जनार्दन शर्मा, नन्दकिशोर पुन पासाड, गणेशमान पुन र लेखराज भट्टले गल्ति सच्याउन प्रचण्ड र बाबुरामलाई आग्रह गरेका छन् ।
भेला पछि प्रचण्डलाई चेतावनी पत्र दिँदै पाँच स्थायी समिति सदस्यहरुले गल्ति तत्काल सच्याउन आग्रह गरेका छन् । ‘तपाई जति झुक्न मन लाग्छ कांग्रेस एमालेसँग झुक्नुस् तर हामी मान्दैनौँ, पूर्वमाओवादी लडाकुका कमाण्डर पासाङले भने ‘यदि कांग्रेस एमालेसँग लत्रिने हो भने अध्यक्ष कमरेड तपाई बिरुद्ध विद्रोह गछौं ।’
प्रचण्डका अति निकट नेता लोकेन्द्र बिष्ट र हेमन्तप्रकाश ओलीले लगभग पार्टी छोडि सकेका छन् । उनीहरु दुवै जना विप्लव नेतृत्वको माओवादीमा जाने आशंका गरिएको छ । तर बिष्टले भने आवेगमा क्रान्ति नहुँने भन्दै तत्काल विप्लव नेतृत्वमा जाने कुरालाई अस्वीकार गरेका छन् । उता विप्लब पक्षका नेताहरुले भने आन्तरिकरुपमा छलफल भइरहेको बताएका छन् ।
पाँच स्थायी समिति सदस्यहरुले बरिष्ठ नेता बाबुराम भट्टराईको पनि आलोचना गरेका छन् ।

One thought on “चार प्रभावशाली नेताको विद्रोह चेतावनीले प्रचण्ड चरम संकटमा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice