सोफियाद्वारा राष्ट्रिय कीर्तिमान

काठमाडौं, १९ साउन । रशियाको कजानमा आयोजना भईरहेको १६ औं फिना विश्व च्याम्पियनसिमा सोफिया शाहले २०० मिटर फ्रि स्टायलमा नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएकी छिन् ।

उनले २०० मिटरको दूरी २ मिनट १८.९३ सेकेन्डमा पुरा गर्दै गौरीका सिंहले राखेको २ मिनट १९.७२ सेकेन्डको कीर्तिमानलाई भंग गरेकी हुन् ।

गौरीकाले उक्त किर्तिमान काठमाण्डौमा भएको २० औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा राखेकी थिइन् ।

६३ खेलाडीहरुको सहभागिता रहेको प्रतिस्पर्धामा सोफिया समग्रमा ६० औं स्थानमा आईन् ।

सोही प्रतियोगिताको ५० मिटर ब्रेष्ट स्ट्रोकमा किरण कार्कीले ७६ खेलाडीको सहभागिता रहेकोमा ३४.९४ सेकेन्डका साथ ६९ औं स्थानमा आएको कजानबाट ब्यवस्थापक बासुदेव निरौलाले जानकारी गराए ।

सोही प्रतियोगितामा गौरीका सिंहले आइतबार १०० मिटर ब्याकमा नयाँ राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice