किन उठ्यो मुम्वईदेखि बानेश्वरसम्म हतियार ?

काठमाडौं । हिन्दुराष्ट्रको माग गर्दै नेपाली कांग्रेसका नेता खुमबहादुर खडकाको नेतृत्वमा काठमाडौंको बानेश्वरमा घरेलु हतियार उठेकै दिन मुम्बईको बयोदावाडामा एक धार्मिक गुरुले हिन्दुराष्ट्रको रक्षा गर्न नेपाली युवाहरुलाई हतियार उपहार दिँदै थिए । ‘अरु बेला यसको काम छैन, तर धर्म तलमाथी परेको यो उठाउ’ स्वामी राहुलेश्वरानन्दले भने ‘नेपाललाई हिन्दुराष्ट्र बनाउन अहिंसाको अ हटाई देउ, त्यसका लागि तिमीहरुलाई मेरो यो उपहार ।’
संविधानको प्रस्तावित मस्यौदामा ७० प्रतिसत भन्दा बढि जनताले हिन्दुराष्ट्र मागेपनि राज्य सञ्चालक भने हिन्दुराष्ट्र नेपाल बनाउने पक्षमा छैनन् । राज्य सञ्चालकको मुख्य जिम्मेवारी समालेका दलहरु गैरजिम्मेवार बन्न थालेपछि हतियार उठ्न थालेको छ । नेपाल र भारतमा रहेका हिन्दुवादी संगठन, धार्मिक गुरुहरुले नेपाललाई हिन्दुराष्ट्र बनाउन हतियारसम्मको प्रयोग गर्न थालिएको छ ।
नेपाललाई हिन्दुराष्ट्र बनाउन मुम्वईमा रहेका प्रवासी नेपालीहरुसँग छलफल गर्न ७० जनाको टोली डेढ साताअघि मुम्वई पुगेको थियो । नेपालीका प्रमुख अनिल बस्नेतलाई धर्मगुरु राहुलेश्वरानन्दले तरवार उपहार दिएका हुन् । उनले नेपालको रक्षा र विश्वमाझ यसको अस्थित्व कायम गर्न हिन्दुराष्ट्र बनाउनु पर्ने नेपाली टोलीसँग बताएका थिए । ‘हतियार विना क्रान्ति हुँदैन, खुन नवगेसम्म स्वतन्त्रता र अस्थित्व रक्षा हुँदैन, धर्मगुरु राहुलेश्वरानन्दले भने ‘हिन्दुराष्ट्र बनाउन र धर्मको रक्षा गर्न हतियार उठाउ ।’
हिन्दुराष्ट्र माग गर्ने नेपालमा सक्रिय राजनीतिक दलका नेता र समुहले पनि आवश्यक परे हतियार उठाउने चेतावनी दिएका छन् । तरपनि राज्य सञ्चालहरुको ध्यान मोडिन सकेको छैन । धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्ने प्रमुख दलका नेताहरु पुगेका छन् ।
देउवालाई दिल्लीको संदेशः हिन्दुराष्ट्रका पक्षमा लाग
नेपाली कांग्रेसका नेता शेरबहादुर, देउवालाई हिन्दुराष्ट्रका पक्षमा उभिन भारतले सल्लाह दिएको छ । साताब्यापी भ्रमण गरेका देउवालाई कट्टर हिन्दुवादी दल भारतीय जनता पार्टी र विदेशमन्त्री सुष्म स्वराजले हिन्दुराष्ट्रका पक्षमा उभिन देउवालाई सल्लाह दिएको स्रोतले बताएको छ ।
भारतीय जनता पार्टीका नेताहरुसँगको भेटमा देउवालाई नेपाली जनताको चाहाना हिन्दुराष्ट्र भएकोले त्यसको पक्षमा उभिन सल्लाह दिएको छ । देउवाले पनि आफु हिन्दुराष्ट्रकै पक्षमा भएको तर दलिय सहमतिका कारण बोल्न नसकेको बताए । स्रोतका अनुसार उनले दलिय सहमति नविग्रियोस् भन्नाका लागि आफु चुप लागेको बताएका थिए । साताब्यापी भ्रमण सकेर देउवा सोमबार नेपाल फर्केका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice