सोह्र बुँदे यसरी बिथोल्दैछन् राष्ट्रपति

काठमाडौं, १८ साउन । राष्ट्रपति डा रामवरण यादवले प्रमुख चार दलबीच भएको १६ बुँदे सम्झौता हतारमा भएको बताएका छन् ।

उनले विधि र प्रक्रियाअनुसार जनताले स्वामित्व लिने गरी संविधान जारी गर्न दलहरूलाई आग्रह गरेका छन् ।

‘१६ बुँदे सहमति यति हतारमा भएको छ कि संविधानको मस्यौदामा धेरै पक्षको असन्तुष्टि आइरहेको छ,’ राष्ट्रपति डा यादवले नेपाल वातावरण पत्रकार समाजसम्बद्ध पत्रकारहरूसँग आइतबार भएको भेटमा भने, ‘यो परिमार्जन आवश्यक छ भन्ने आवाज उठिरहेको छ ।’

राष्ट्रपतिले शीर्ष नेतालाई शीतलनिवास बोलाएर १६ बुँदे सहमतिले विधि र प्रक्रिया उल्लंघन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

राष्ट्रपति डा यादवले संविधान निर्माणका क्रममा अन्तर्राष्ट्रिय मान्यता र जनताको स्वामित्व लिनुपर्ने दोहोर्‍याएका थिए ।

‘विधि र प्रक्रिया, अन्तर्राष्ट्रिय मान्यता, जनताको ओनर्सिप लिने काम होस् भन्दै आएको छु, अहिले पनि म त्यही भन्न चाहन्छु,’ राष्ट्रपतिले भने, ‘यस्तो संविधान आओस् कि त्यसले संघीयता, लोकतन्त्र, समावेशीकरणलाई सम्बोधन गरोस् । राष्ट्रलाई डाइरेक्सन दिने संविधान बनोस् ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice