दिल्ली पुगेर देउवाले केभी राजनको प्रशंसा गरे

सिमाङ्कनसहितको संविधान जारी गर्छौः देउवा

काठमाडौं, १५ साउन । भारत भ्रमणमा रहेका नेपाली काग्रेसका नेता शेरबहादुर देउवाले आफूहरू सिमाङ्कनसहितकै संविधान जारी गर्ने पक्षमा रहेको बताएका छन् ।

नयाँ दिल्लीमा आज पूर्व कुटनीतिकहरूको सस्था आईवीएफले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा दउवाले प्रमुख दलहरूले अहिले सिमाङ्कनसहितको संविधान जारी गर्ने विषयमा छलफलमा रहेको बताए ।

उनले मधेसी दलहरुलाई पनि साथै लिएर संविधान जारी गर्ने बताए । यद्यपि उनले आफूहरू छिटो संविधान जारी गर्ने गरी अघि बढीरहेको बताए ।

देउवाले भारतका पर्यटक र लगानी कर्ता नेपाल आए सुरक्षित अवस्था रहेको दावी गरे । उनले भने, ‘नेपालका पर्यटकीय गन्तब्यहरु सुरक्षित छन । कुनै डर नमानी नेपाल आए हुन्छ । विप्पा, पीटीए र पीडीए सम्झौता भईसकेकोले नेपालको जलविद्युत, कृषि र सडकमा लगानी गर्नुस । नेपाल लगानी र पर्यटनको लागि सुरक्षित छ ।’

देउवाले नेपाल सरकार विनासकारी भूकम्प पछिको पुनःनिर्माणमा जुटिसकेको र अहिलेसम्म भारत सरकारले गरेको सहयोग सरहानीय भएकोले थप सहयोगको आवश्यकता औल्याए ।

उनले आफ्नै पालामा महाकालीसन्धी भएकोले त्यसको छिटो कार्यान्वयन होस भन्ने पक्षमा आफू रहेको भन्दै महाकालीसन्धी गर्न सहयोग गर्ने पूर्व राजदूत केभी राजनको भूमिकाको सरहाना गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice