पोखरा–बागलुङ सडक एकतर्फी सुचारु

पोखरा– दर्जन ठाउँमा पहिरोले सडक पुरेपछि बिहीबारदेखि अवरुद्ध भएको पोखरा–बागलुङ राजमार्ग एकतर्फी रुपमा खुलाइएको छ ।

डोजर तथा एक्जाभेटरले विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि एकातर्फी सडक सुचारु भएको हो। बिहीबारदेखि नै अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको थियो । पहिरोले बाटो अवरुद्ध भएपछि सैयौं यात्रु बाटोमै अलपत्र परेका थिए ।

प्रहरीका अनुसार राजमार्गको पर्वत खण्डमा मात्रै १० ठाउँमा पहिरोले सडक पुरेको छ। यसैगरी कास्की खण्डमा पनि आधादर्जन ठाउँमा पहिरोले राजमार्गमा क्षति पुर्‍याएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice