इलामबाट एक वर्षमा बाह्र हजार युवा विदेसिए

इलाम । इलामबाट वैदेशिक रोजगारीको सिलसिलामा गत आर्थिक वर्षमा १२ हजार २७ जना युवा विदेसिएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट आव २०७१/७२ मा १२ हजार २७ जनाले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएका छन् ।

तीमध्ये आठ हजार १८ ले जिल्लाबाट र चार हजार नौ जनाले परराष्ट्र मन्त्रालयबाट राहदानी बनाएका छन् ।

विदेसिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

सरकारले यसअघि युवा लक्षित स्वरोजगार कार्यक्रम ल्याए पनि कार्यक्रम प्रभावकारी बन्न नसक्दा ग्रामीण क्षेत्रबाट युवा विदेसिनेको लहर नै चलेको छ ।

राहदानी वितरणबाट प्रशासनले गत आव २०७१/७२ मा चार करोड १६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको राहदानी फाँटका नायब सुब्बा विनोदबाबु बिसीले बताए ।

प्रशासनले नयाँ एमआरपी जिल्लाबाट लिनेलाई पाँच हजार, केन्द्रबाट बनाउनेलाई १० हजार तथा हराएकालाई जिल्लाबाट १० हजार एवम् केन्द्रबाट १५ हजार राजस्व लिँदै आएको छ ।

जिल्लाबाट पेस गरेको राहदानी कम्तीमा ४५ दिनमा केन्द्रबाट आइपुग्ने राहदानी शाखाले जनाएको छ ।

दैनिक ३५ देखि ४५ जनासम्म युवायुवतीले वैदेशिक रोजगारीको सिलसिलामा राहदानी बनाउने गरेको छ । इलामबाट अधिकांश युवायुवती मलेसिया, कतार, दुबई, साउदी अरब जाने गरेका छन् ।

अहिले सरकारले सातवटा मुलुकमा भिसा शुल्क र प्लेन टिकट निःशुल्क बनाएपछि राहदानी बनाउने क्रम झन बढेको बिसीले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice