bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/07/11732 ) ) )

निर्देशक चौधरीद्वारा पदीय दुरुपयोग

काठमाडौं । परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा पुष्पा चौधरीले नेपाल सरकारको जिम्मेवार पदमा बहाली छँदै पदीय मर्यादाविपरीत दोहारो लाभ लिएको खुल्न आएको छ ।

सरकारी कर्मचारीले दोहोरो लाभको पदमा रहनुलाई पदीय दुरुपयोग मानिने समाचार सौर्य दैनिकले छापेको छ ।

सरकारी सेवामा आबद्ध रहेकी डा चौधरीले अन्यत्र पनि तलबमा काम गरेको देखिन आएकाले दोहोरो सेवा लिएको खुलेको हो ।

हाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञको अन्तर्राष्ट्रिय संगठन (फिगो) ले नेसोगको समन्वयमा ‘पोस्ट पार्टम–आइयुडि सेवाः नेपाल’ कार्यक्रम सञ्चालन गरिरहेको छ । सो अन्तर्राष्ट्रिय संस्था फिगोले सञ्चालन गरेको कार्यक्रमको डा चौधरी राष्ट्रिय संयोजक छिन् ।

सो कार्यक्रम २०१५, १ जनवरीदेखि २०१७ डिसेम्बर ३१ सम्म रहने सम्झौतामा उल्लेख छ । त्यसबापत उनलाई संस्थाले मासिक तलब एक हजार पाँच सय अमेरिकी डलर दिने पनि सम्झौतापत्रमै उल्लेख गरिएको छ ।

डा चौधरी सन् २०१३ देखि २०१५ सम्मका लागि प्रसूति तथा स्त्रीरोग विशेषज्ञको पेसागत संगठन नेपाल (नेसोग) को अध्यक्ष थिइन् । हाल नेसोगको अध्यक्षमा डा लता बज्राचार्य छिन् ।

डा चौधरी नेपाल सरकार परिवार स्वास्थ्य महाशाखाकी निर्देशक हुन् । निर्देशकका रूपमा परिवार स्वास्थ्य महाशाखाले नेपालको समग्र स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमको योजना तर्जुमा, मूल्यांकन र समग्र स्वास्थ्य क्षेत्रको सुधारमा उनको प्रमुख जिम्मेवारी हुन आउँछ ।

यसरी नियामक निकायको उच्च पदमा आसीन व्यक्ति कुनै गैरसरकारी संस्थाको राष्ट्रिय संयोजकका रूपमा बहाल रहनु निजामती सेवा ऐनविपरीत देखिन्छ ।

निर्देशकको रूपमा परिवार स्वास्थ्य महाशाखाको तर्फबाट प्रोजेक्टसँग समन्वय गर्नुपर्ने अधिकारी स्वयंले उक्त प्रोजेक्टको संयोजक रही तलबमा काम गर्र्नु पदीय मर्यादाविपरीत छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice