रथ जात्र पुनः एक महिनाका लागि स्थगित हुने

ललितपुर, ११ साउन । लामो समयदेखि रोकिएको रातो मछिन्द्रनाथको रथ जात्रा पुनः एक महिनाका लागि स्थगित हुने भएको छ ।

भूकम्प र असार महिनाको मलमासका कारण तीन महिनादेखि रोकिएको रातो मछिन्द्रनाथको रथ जात्रा पुनःसञ्चालनको प्रयास भइरहँदा आगामी १६ गतेदेखि भदौ २३ गतेसम्म शुक्रअस्त परेकाले पुनः रथ जात्रा स्थगित हुने भएको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले बताए ।

प्रमुख अधिकारीका अनुसार गत साउन ७ गतेदेखि क्षति भएका सामग्री रथबाट निकाल्न सुरु भएको र पुनःनिर्माण गरी रथ जात्रा सुरु गर्ने भनिए पनि शुक्रअस्तका कारण शुभ काम गर्न नहुने भएकाले स्थगित हुने भएको हो ।

क्षति भएका सामग्री निकाले र निर्माणका लागि साइत हेरी सुरु गर्नुपर्ने भएकाले साउनको अन्तिम साताबाट पुनःनिर्माणको काम सुरु हुने बताइएको छ ।

रथ निर्माण गरिएको स्थान बुङमतिमा गत वैशाख ६ गते रथारोहण गरी ९ गतेदेखि रथजात्रा सुरु गरिएको थियो ।

यस वर्ष विशेष मेला भएकाले रथको सबै भागको निर्माणको काम नयाँ गरिएको थियो । रथ अहिले छ्यासिकोटमा छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice