मदन भण्डारीका तस्विर नै नहेरी फर्किए ओली , बिद्याद्धारा बहिष्कार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीका दुर्लभ तस्विरहरु अवलोकण नै नगरी फर्केका छन् । सांस्कृतिक संग्रालय नेपालले मदन भण्डारीका दुर्लभ ३५० तस्विर आइतवारदेखि प्रर्दशनीमा ल्याएको छ । फोटो प्रर्दशनीको उद्घाटन गर्न पुगेका अध्यक्ष ओलीले मदन भण्डारीको भाषणमा गुनगान त गाए तर तस्विर अवलोकण नै नगरी फर्केका छन् । उनीसँगै गएका पर्यटनमन्त्री कृपासुर शेर्पाले पनि मदन भण्डारीका तस्विर अवलोकण गर्न अस्वीकार गरे ।
१० देखि १६ साउनसम्म बबरमहलस्थित नेपाल कला परिषदमा मदन भण्डारीका दुर्लभ तस्विर प्रर्दशनीका लागि राखिएको छ । प्रदर्शनी उद्घाटन गर्न आयोजक सांस्कृतिक संग्रालय नेपालले प्रमुख अतिथिका रुपमा ओलीलाई बोलाएको थियो । विहान ९ बजे उद्घाटन गर्ने कार्यक्रममा अध्यक्ष ओली ११ बजे पुगेका थिए । झण्डै ४० मिनेट भाषण गरेपछि उनी फोटो नै नहेरी फर्केका हुन् । कला परिषदका पहिलो तलामा उद्घाटन कार्यक्रम थियो भने दोस्रो तलामा मदन भण्डारीका तस्विर प्रर्दशनीका लागि राखिएका थिए । ओली दोस्रो तलामा प्रबेश नै नगरी फर्केका छन् । कार्यक्रममा पुगेका भरत मोहन अधिकारी र खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मात्र अवलोकण गरेका छन् ।
आयोजनकले कार्यक्रमको बिशेष अतिथिकारुपमा मदन भण्डारीकी धर्मपत्नी बिद्यादेवी भण्डारीलाई निमन्त्रणा गरेका थिए । तर बिद्या कार्यक्रममै उपस्थित भइनन् । मदन भण्डारीका तस्विर प्रर्दशनी कार्यक्रमलाई नै बिद्याले अस्वीकार गरेपछि आयोजक रुष्ट बनेका छन् ।

7 Comments
  1. ओली र नेपाल लाइ मेरो दुइ सब्द:- मदन भण्डारीले कहिलै म अधक्ष्य भन्दा
    सक्तिसाली छु भनेनन् महासचिब मै चित्त बुजाए, तर उनको क्षमता र
    इमान्दारिताले उनको स्थान अधक्ष्य भन्दा धेरै गुणा माथि पुगेको थियो /
    राजा बिरेन्द्र भन्दा लोकप्रिय भैसकेका थिए, उनको personality ले
    कमुनिस्ट पार्टीमा महासचिब अधक्ष्य भन्दा धेरै सक्तिसाली हुन्छ भन्ने
    मान्नेता स्तापित भएको थियो / तर आज क्षमता प्रदशन गर्नुको साटो किन
    अधक्ष्य पदको लागिमात्र लड्नु हुन्छ ओली र नेपाल जी ? अहिले त गा.
    बि. स. अधक्ष्यको पद र पार्टी अधक्ष्यको पद उस्तै उस्तै भैसक्यो /
    पहिलेको प्रधानपन्च र अहिलेको प्रधानमन्त्रिको भ्यालु एउतै छ, एस्तो
    इस्तिथिमा अधक्ष्य पध पाएर के गर्नु हुन्छ जब तपाईं संग क्षमता र
    इमान्दारिता नै छैन भने ? मिन ब. पण्डित

  2. के पी र विधाको मिलोमतोमा मदन भण्डारी र जीवराज आश्रितको हत्य हुन् सक्छ है !

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice