अब रिचार्ज कार्ड नेपालमै छापिने

काठमाडौं । नेपाल टेलिकमले आफ्नो वार्षिक मागको ५० प्रतिशत रिचार्ड कार्ड छपाउन स्वदेशी कम्पनीलाई जिम्मा दिएको छ । यही जुलाई ५ मा टेलिकमले यस आर्थिक वर्षका लागि आवश्यक पर्नेमध्ये ५० प्रतिशत रिचार्ड कार्ड छाप्न स्वदेशी कम्पनीलाई दिन टेन्डर आव्हान गरेको छ ।
बाँकी आधा रिचार्ड कार्ड छाप्न करिव ३ महिनाअघि नेपालीले भाग दिन नपाउने गरी ग्लोवल टेन्डर आव्हान गरेको थियो ।  टेलिकमको नियमावलीमा एकभन्दा बढी कम्पनी स्वदेशमै भए यहीँकालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको कान्तिपुरमा समाचार छ ।

One thought on “अब रिचार्ज कार्ड नेपालमै छापिने
  1. यो त हो नि देश मै छ भने किन बाहिर , देश कै लाई प्रोत्शाहन गर्न पर्‍यो ,

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice