विश्वकप छनोट चरणबाटै नेपाल बाहिरियो, जर्सीसँग ७ विकेटले पराजित

काठमाडौं । विश्वकप टी २० छनोट प्रतियोगिताको उपाधी जित्ने लक्ष्य लिएर आयरल्याण्ड गएको नेपाली टोली सवैभन्दा कमजोर कमजोर सावित भएको छ । लगातार तीन खेल हारेको नेपालले शनिवार भएको जर्सीसँगको खेलमा ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
टस पनि लगातार हार्दै आएको नेपालले आज पनि पहिले ब्याटिडको निम्तो पाएको थियो । ७ रनमा प्रारम्भीक ब्याट्स म्यान गुमाएको नेपाले तेस्रो विकेटका रुपमा ३० रन हुँदा कप्तान पारस खड्कालाई गुमायो । कप्तान खड्का आज पनि क्रिजमा धेरे टिक्न सकेनन् । एक चौकाको मद्तमा ११ रन बनाएर बोल्ड भए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३३ बल खेल्दै २७ रन बनाए भने शरद भेषवाकर १६ रन बनाएर आउट भए ।
८८ बलमा जम्मा २ चौका
आयरल्याण्ड, हडकड, पपुवा न्यू गिनीसँग लज्जास्पद हार ब्यहोरेको नेपाल जर्सीसँगको खेलमा फर्किने आश गरिएको थियो । तर नेपालका ब्याट्सम्यानले ८८ बल (१४.४) बल खेल्दासम्म जम्मा २ चौका प्रहार गरेका थिए । १५ ओभरपछिको खेलमा नेपालले अरु ३ चौका र एक छक्का प्रहार गरेको थियो । नेपालले जम्मा ५ चौका मात्र प्रहार गरेको थियो ।  
सिदार्थ लोहनीको डेब्यूमै कमाल
नेपालको एकपछि अर्काे विकेट खसी रहेका बेला छैटौ विकेटका रुपमा आए सिद्धार्थ लोहनी । उनको यो पहिलो डेब्यू खेल हो । उनले नै नेपालका तर्फबाट एक मात्र छक्का प्रहार गरे । १६ वलको सामना गरी उनले २७ रन वनाए । नेपालका लागि लोहनीले नै सर्वाधिक रन बनाएका थिए । सिद्धार्थकै कारण नेपालले एक सय रन पार गरेको हो । नेपालले दिएको लक्ष्य जर्सीले १६. १ ओभरमै भेटाएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice