नेपालको फेरी खराव प्रर्दशन, जर्सीलाई १०६ रनको लक्ष्य

काठमाडौं । विश्वकप टी २० छनोट प्रतियोगितामा नेपालले आज पनि निकै फितलो प्रर्दशन गरेको छ । लगातार तीन खेल गुमाएको नेपालले जर्सीलाई १०६ रनको चुनौति दिएको छ । खराव फममा रहेका कप्तान पारस खड्कासहित कुनै पनि खेलाडीले गतिलो रन बनाउन नसकेपछि नेपालले जर्सीलाई झिनो लक्ष्य दिएको छ ।
पहिलो पटक अन्तराष्टिय क्रिकेटमा डेब्यू गरेका सिद्धार्थ लोहनीले १५ बलमा २६ रन बनाएपछि नेपालले एकसयको आंकडा पार गरेको हो । उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले दोहरो अंक जोडेपनि उत्कृष्ट प्रर्दशन गर्न सकेनन् । निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर नेपालले मात्र १०५ रन बनायो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice