रामचन्द्रलाई फेरी गोल्छे सार्कीको झापट याद आएपछि…

काठमाडौं । ब्यवस्थापिका संसदमा बुधवार अर्थमन्त्री डा.रामशरण महतले पेश गरेको कर्मकाण्डी बजेटमाथी छलफल हुँदै थियो । दिउसो साढे २ बजेतिर बजेटमाथी आफ्ना धारणा राख्न नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल रोष्टममा पुगे । उनले बजेटका पक्षमा मात्र बोलेनन् कतिपय बिषयमा आलोचना समेत गरेँ ।
एमालेका पूर्वमहासचिव स्व.मदन भण्डारी र नेपाली कांग्रेसका नेता तथा पूर्वसभासद् स्व.हरिबहादुर खडका नाममा ट्रमा सेन्टर स्थापन गर्न सरकारी योजनाको पौडेलले आलोचना गरे । मंगलबार प्रस्तुत गरिएकोे बजेट भाषणमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरिएको थियो । मदन भण्डारी र हरिबहादुरलाई दाँजेर पौडेलले आलोचना गरेपछि एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आपत्ति जनाए । पाण्डेको आलोचनाले पौडेललाई २०५६ सालअघिको ब्यवस्थापिका संसदमा मात्र लगेन, तत्कालिन राष्ट्रिय सभाका सदस्य गोल्छे सार्कीको झापट पनि याद दिलाई दियो । गोल्छे सार्कीले पौडेललाई ब्यवस्थापिका संसदमै झापड हानेका थिए । उक्त घटना नेपाली राजनीतिमा लामो समय चर्चामा रह्यो ।
बुधबार एमाले नेता पाण्डेले पौडेललाई भने ‘रामचन्दजी मदन भण्डारी र हरिबहादुर खड्कालाई एउटै तराजुमा राख्नु, तपाईलाई र गोल्छे सार्कीलाई जोख्नु सरह हो ।’ सांसदहरु हाँस्न थाले तर पौडेल भने चुपचाप बसेँ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice