bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/07/10993 ) ) )

आज सरकारले ८ खर्ब २५ अर्बको बजेट ल्याउँदै

काठमाडौं । सरकारले यस आर्थिक बर्षमा ८ खर्ब२५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । आज ब्यवस्थापिका संसदमा प्रस्तुत गरिने बजेटमा  भूकम्पपछिको पुनर्निर्माण र सामाजिक सुरक्षालाई बढि प्राथमिकता दिएको छ । विनाशकारी भूकम्पबाट क्षति भएका संरचना पुर्ननिर्माणका लागि सरकारले ९० अर्ब रुपैया बिनियोजन गरेको छ । तर राष्ट्रिय योजना आयोगले भने पुर्ननिर्माणका लागि ७ खर्ब लाग्ने  अनुमान गरेको छ । भूकम्पको कारण देखाई कर्मचारीको तलवमा भने यो बर्ष बृद्धि नहुने भएको छ । तर सभासद्लाई दिइने रकम भने डेढ करोड पुग्ने अनुमान गरिएको छ । बृद्धभत्ता दोब्वर बनाउने योजना सरकारले अघि सार्ने भएको छ ।
बजेटको स्रोतमा चार खर्ब ७८ अर्ब राजस्वबाट आउनेछ भने वैदेशिक अनुदान तथा ऋणबाट दुई खर्ब एवं आन्तरिक ऋणतर्फ ८५ अर्ब रुपैयाँ जुटाइनेछ । अपुग रकम चालू वर्षको बचत रकमबाट व्यहोरिनेछ। पुनर्निर्माण, पूर्वाधार, कृषि र ऊर्जालाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरिँदैछ। पुनर्निर्माण प्राधिकरण गठन गरी सोहीमार्फत भूकम्पबाट क्षति भएका संरचनाको निर्माण कार्य अघि बढाइने बजेटमा उल्लेख हुनेछ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice