प्रदेशमा पनि मिश्रित निर्वाचन प्रणाली अपनाउँने सहमति

काठमाडौं । संविधानसभाको संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले प्रदेशसभामा समेत केन्द्रमा जस्तै मिश्रित निर्वाचन प्रणाली अपनाउने समझदारी गरेको छ । स्रोतका अनुसार जनप्रतिनिधिमुलक संस्थालाई तल्लो तहदेखिनै समावेशी बनाउन यस्तो समझदारी भएको हो ।
प्रदेशसभामा निर्वाचित हुने प्रत्यक्ष र समानुपातिक सिट संख्या भने तय भएको छैन । १६ बुँदे राजनीतिक सहमतिले संघीय संसदमा प्रत्यक्ष र समानुपातिक सिटको अनुपात ६०र४० निर्धारित गरेको छ । उक्त सहमतिका आधारमा संविधानसभाका संयन्त्रहरुमा त्यसअघि भएका सहमतिलाई समेत एकरुपता ल्याउन प्रदेशो निर्वाचन प्रणालीमा नयाँ समझदारी भएको छलफलका एक सहभागिले जनाएका छन् । पहिलो संविधानसभाको विषयगत समितिमा संघीय संसदको निर्वाचन प्रणालीबारे विवाद भएपनि प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणाली र संसदीय सरकार राख्नेमा सहमति थियो ।
मस्यौदा समितिले सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलको समयसीमा शुक्रबारसम्मका लागि बढाइएको छ । कार्यदलमा भएको छलफल र प्रमुख दलका शीर्ष नेताहरुसंगको परामर्श सकारात्मक दिशामा अघि बढे पनि निस्कर्षमा पुग्न थप समय आवश्यक भएको ठहर गर्दै समितिले कार्यदलको म्याद दोस्रोपटक थप गरेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice