यी हुन् बाउको निगाहमा बनेकी अभिनेत्रीहरु

भनिन्छ, ‘देश गुनाको भेष, कपाल गुनाको केश’ । कहीँ नभएको जात्रा देखिन्छ हाम्रै सिनेनगरीमा । यो क्षेत्रमा टिकिरहन र बिकिरहनका लागि बेड सेयरिङ गर्नुपर्ने या त निर्देशक निर्माताको केयरिङ गर्नुपर्ने अन्यथा पारिवारिक ‘ब्याकग्राउण्ड’ नै चाहिने ? नेपाली फिल्म उद्योगका लागि योभन्दा अर्काे ठूलो दुर्भाग्य के होला ?
अहिले पोस्टरमा चलेकी नायिका केकी अधिकारी निर्देशक बद्री अधिकारीकी छोरी । पिता निर्देशक नभएको भए यति चाँडै यहाँसम्म आइपुग्न समस्या नै हुँदो हो । रागिनी द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीकी छोरी ।
विवाह गर्नुपूर्व रेजिना उप्रेतीलाई निर्देशक शोभित बस्नेतको छत्रछायाँ थियो । बस्नेतको प्रेमिकाका रूपमा परिचित उप्रेतीले अवसर पाइरहनुको कडी यही हो । रेजिना उप्रेतीका श्रीमान् फिल्मी नगरीमा छैनन् । विवाहसँगै फिल्मी नगरीमा देखिएकी छैनन् कारण शोभितले पत्याएनन् ।
देखाउन र लेखाउनमा माहिर मानिएकी रेखा थापा निर्माता छविराज ओझाकी श्रीमती । करिष्मा मानन्धरको श्रीमान् विनोद मानन्धर निर्माता । अहिले नेपाली सिने नगरीबाट ढुकुटीकाण्डमा परेसँगै पलायन भएकी ऋचा घिमिरे निर्देशक शंकर घिमिरेकी पत्नी । निर्माता सुनीलकुमार थापाकी श्रीमती झरना । हरेक नायिकाका पछाडि यस्तै कहानी छ । अभिनेत्री हुने अभिलाशाले निर्माता, निर्देशकहरूको सबै खालका सर्त मान्दै गएका कारण फिल्ममा विकृति फैलिएको तर्क गर्छन् एक फिल्म समीक्षक ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice