सर्वाेच्चका न्यायाधीश गिरिशचन्द्र लालमाथी महाअभियोग लगाउने तयारी

काठमाडौं । १६ बुँदे सहमति कार्यान्वयमा रोक लगाउँने सर्वाेच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालमाथी महाअभियोग लगाउन राजनीतिक दलहरुबीच छलफल सुरु भएको छ ।
शुक्रबार न्यायाधीश गिरिशचन्दलालको एकल इजलासले २५ जेठमा भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वाेच्च अदातलको आदेशबाट आक्रोसित बनेका राजनीतिक दलका शिर्ष नेताहरुले क्षेत्राधिकारको प्रश्न उठाउँदै न्यायाधीशमाथी महाअभियोग लगाउने निस्कर्षमा पुगेको स्रोतले बताएको छ ।
सर्वाेच्च अदालतले राजनीतिक सहमति कार्यान्वय नगर्न निर्देशन दिए लगतै प्रधानमन्त्री कोइरालाले सहमतिमा हस्ताक्षर गर्ने दलका प्रमुख नेतालाई बालुवाटारमा बोलाएका थिए । बालुवाटारमा बसेको मुख्य चार दलको बैठकमा पनि महाअभियोग लगाउने बिषयमा छलफल भएको एमाले उपमहासचिव बिष्णु पौडेलले बताए । ‘क्षेत्राधिकार मिचेर गैरकानुनी आदेश दिने न्यायाधीशलाई महाअभियोग लगाउने बिषयमा छलफल भएको हो’ पौडेलले भने ‘तर तत्काल महाअभियोग भन्दा आदेश अवज्ञा गर्ने निर्णय भयो ।’
न्यायाधीश गिरिशचन्द लालले संविधान र कानुनको दायरामा भन्दा क्षेत्रियता र आस्थाका आधारमा फैसला र आदेश दिने गरेको निस्कर्षमा राजनीतिक दल पुगेका छन् । उनले मधेशसँग सम्बन्धित मुद्दामा क्षेत्रियतामा आधारित भएर फैसला दिने गरेको ठहर राजनीतिक दलहरुको छ । उनीमाथी महाअभियोग लगाउन सहमतिमा हस्ताक्षर दल मधेशी जनअधिकार फोरम लोकतान्त्रीक पनि तयार भएको छ ।
न्यायाधीशमाथी महाअभियोग लगाउन नेपाली कांग्रेसका नेता रमेश लेखक, एमाले प्रमुख सचेतक अग्नी खरेल र एमाओवादी नेता बर्षमान पुनबीच शनिवार छलफल भएको छ । सिहदरवारमा भएको छलफलमा त्यसका लागि आवश्यक परामर्स गर्ने निर्णय समेत गरिएको स्रोतले बताएको छ । नेपाल बारदेखि विभिन्न कानुनी निकायसँग पहिलो चरणमा छलफल गर्ने र त्यसपछि उनीमाथी महाअभियोग लगाउने निस्कर्षमा नेताहरु पुगेका छन् ।

9 Comments
  1. Ades garni lai matrai hoina pesi tokni lai pani impeachment launu parchha dubai janama mashes badko gandha ako 6

  2. पत्रकार महोदय २५ माघ मा कहिले भको थियो १६ बुदे सहमति कम्सेकम तिथी मिती त ठीक लेख्नु नि यस्ताले केको पत्रकारिता गर्छौ धिक्कार छ तिम्रो पत्रकारितालाई

  3. maha aviyog lagaune kura teti sasto chaina sathi ho……sambhidhan banauna gayeka le jhaindai 8 barsa samma ke gari base chan….sambidhan banaune nauma kothe sahmati garera huncha….aayog kai bhar ma sambidhan banaunu thiyo bhanne nepali ko yeti paisa sakaunu ko ke auchitya….yaha ta sarkar kasari pherna sakincha… ma pm ta, ta pm bhanne khel bata yesto rastra ghati 16 bude sahamati gare ka hun….nepali kun dinma sambhalne ho….thaha chaina….pasupati nath le sabai ko kalyan garun…..tatha sadbuddhi hos…….

  4. Why only impeachment any one who do not agree with you should be liquidated that is the culture remaining three received from the one. Now four party are in such a position what ever they do is right and what ever they say wrong is wrong. Any one who questions on it is leveled as anti nationalist and deserve to be liquidated.

    1. wat punishment shoulb be given to all those super corrupt, pakhe ministers who doesnt knw a single ABC of technology..who make use of uneducated vedaa mass for their good…????

  5. yini haru le desh pani aayog banayara bech chhan. aayog le nai sabai kam garne ho vane sambidhansabha kina chaiyo? nepali janata ko nari chhamisake neta haru le. nepali janata le kei garna pani sakdaina yo kura netaharu lai ramrari thaha paisake teaaile jasto paya testai nirnaya gardai gairako chha. hamilai sambidhan arko 1 barsha ma diya pani hunchha tara sambidhan sava batai sambidhan chaiyo. timiharu mantri, rastrapati, pradhanmantri banna ko lagi ahile nai jsato payo testai sambidhan chaidaina. yo kura ramrari bujnu.

  6. जस्ले जातीयता, क्षेत्रीयता र सङ्किर्णताको चिन्ह बोकेर हिड्छ त्यसलाई महाअभियोग लगाएर राँची लैजानका लागि तत्काल पहल गर्नै पर्दछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice