भूकम्पमा बाजी मार्‍यो एमालेले, २२ दिनमा २० हजार घर टहरा

काठमाडौं । विनाशकारी भूकम्पपछि भग्नावशेष बस्तीमा खट्टिएका एमाले नेता कार्यकर्ताले २२ दिनमा २० हजार घर टहरा निर्माण गरेका छ । बिद्यालय, स्वास्थ्य चौकी लगाएत भूकम्पबाट घरबास गुमाएका परिवारका लागि अस्थायी घर टहरा निर्माण गरेको एमाले प्रचार विभाग उपप्रमुृख सुर्य थापाले बताए । जेठ १० देखि भूकम्प प्रभावित क्षेत्रमा खट्टिएको एमालेको टोलीले हजारौ भग्नाबशेष घरहरु पनि पन्छाएको छ ।
पीडितका अस्थायी घर टहरा बनाउन खट्टिएका एमालेका डेढ सय कार्यकर्ता घाइते भएका छन् । १० जेठदेखि एक महिने अभियान लिएर २८ हजार कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा खट्टिएका थिए । घर टहरा निर्माण र बग्नाबशेष हटाउँदा डेढ सय कार्यकर्ता घाइते भएको एमाले प्रचार विभागका उपप्रमुख थापाले बताए ।
भूकम्प प्रभावित १७ मा एमालेका २८ हजार कार्यकर्ता खट्टिएका थिए । ती मध्ये २४ हजार अझै प्रभावित क्षेत्रमै छन् । एमालेका अध्यक्ष केपी ओलीदेखि गाउँ कमिटीका सदस्यसम्म भूकम्प प्रभावित क्षेत्रमा खट्टिएका थिए । आगमी असार ४ देखि ६ सम्म तीन लाख कार्यकर्तासहित एमालेले भूकम्प प्रभावित क्षेत्रमा श्रम गर्ने भएको छ ।  तीन दिन एमाले अध्यक्ष ओलीसहित नेता कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रका पीडितहरुसँग बस्ने भएका छन् ।
एमालेले अझै १० दिन श्रम अभियान सञ्चालन गर्ने भएको छ । १० दिनभित्र करिव १० हजार घर टहरा बनाउने लक्ष्य लिएको छ । असार ४, ५ र ६ गते मात्र तीन लाख कार्यकर्ताबाट धेरै घर टहरा निर्माण हुने थापाले बताए ।
विनाशकारी भूकम्पपछि एमाले स्वयंसेवक दस्तालाई विदाई गर्दै एमाले अध्यक्ष ओलीले ‘अब देश एमालेले बनाउने’ दावी गरेका थिए । उनको दावी अनुसार करिव एक लाख पीडित परिवारले एमालेबाट प्रत्यक्ष लाभ पाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा अन्य दल नेपाली कांग्रेस र एमाओवादीले पनि आफ्नो दस्ता परिचालित गरेको थियो । तर एमालेले फेरी बाजी मारेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice