• शुक्रबार ०३, कार्तिक २०७४

पूर्वमन्त्री पद्मसुन्दर लावतीको निधन

काठमाडौं । पूर्वमन्त्री तथा राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको परिवारले बताएका छन् । मुटु र मिर्गौला रोगबाट पीडित लावतीको ७६ वर्षको उम्मेरमा निधन भएको छ ।
२०१७ सालमा कांग्रेसबाट राजनीति सुरु गरेका लावती पटक पटक मन्त्री समेत भएका थिए । तर उनी पछिल्लो समय राप्रपा नेपालबाट अलग्गिएका थिए ।
१९९६ साउनमा पाकिस्तानको बलुचिस्तानमा जन्मिएका लावती पञ्चालयत र बहुदलिय ब्यवस्थामा मन्त्री बनेका थिए । लावतीको आजै दाहसंस्कार गरिने भएको छ । लावतीका दुई छोरी र तीन छोरा छन्। उनीहरु अमेरिका र क्यानडामा बस्दै आएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice